खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र ट्रमा सेन्टरबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच आज सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकूद महासङ्घ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी, रक्तसंचार, फार्मेसी, रेडियोलोजी/इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब, शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण सेवा उपलब्ध गराउनेछ ।
त्यस्तै स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायत), न्युरो सर्जरी (बहिरङ्ग/अन्तरङ्ग), इएनटी (बहिरङ्ग/अन्तरङ्ग), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ्ग), सघन उपचार र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा तथा सामाजिक सेवा एकाइमार्फत औचित्य हेरी सहुलियतपूर्ण तबरले ट्रमा सेन्टरले उपलब्ध गराउने छ ।
ट्रमा सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नु/गराउनुपर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीको भुक्तानी ट्रमा सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसँग शोधभर्नाका लागि पेश गर्न सक्ने छ ।
खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नुपर्नेछ । सेन्टरले प्रवाह गर्ने तीन किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नुपर्ने बोन क्यान्सरका बिरामीको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्नेछ ।
सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए । डा पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनुपर्छ भन्ने मान्यताका साथ सम्झौता गरिएकाे बताए ।

















स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया