दल खारेजीकाे निवेदन परेपछि माओवादीले भन्याे- असम्बन्धित व्यक्तिले खारेजीकाे माग गर्नु हास्यास्पद

काठमाडाैं । नेकपा (माओवादी) अवैध रहेकाले खारेज गर्नुपर्ने मागसहितकाे निवेदन निर्वाचन आयाेगमा दर्ता भएपछि माओवादीले पार्टीसँग असम्बन्धित व्यक्तिले दल खारेजीकाे माग गर्नु हास्यास्पद रहेकाे जनाएकाे छ ।
माओवादीकाे केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टीसँग कुनै सराेकार नराख्ने व्यक्ति निवेदक रहेकाे र दल दर्ता एवं खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया पनि थानकारी नभएकाे व्यक्तिले त्यस्ताे हर्कत गर्नु हास्यास्पद रहेकाे बताए ।
‘केही अवसरवादी, स्वार्थी, लालती, अनैतिक तत्वले यस प्रकारकाे दुष्प्रचार गरी पार्टीलाई बद्नाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेकाे देखिन्छ’- उनले भने । संविधान, कानून, विधि, विधान विपरित दुष्प्रचार गरिएकाे भन्दै माओवादीले आपत्तिसमेत जनाएकाे छ ।
माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ।
‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकोले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रह समेत गर्दछौं ।’

















दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया