दल खारेजीकाे निवेदन परेपछि माओवादीले भन्याे- असम्बन्धित व्यक्तिले खारेजीकाे माग गर्नु हास्यास्पद

काठमाडाैं । नेकपा (माओवादी) अवैध रहेकाले खारेज गर्नुपर्ने मागसहितकाे निवेदन निर्वाचन आयाेगमा दर्ता भएपछि माओवादीले पार्टीसँग असम्बन्धित व्यक्तिले दल खारेजीकाे माग गर्नु हास्यास्पद रहेकाे जनाएकाे छ ।
माओवादीकाे केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टीसँग कुनै सराेकार नराख्ने व्यक्ति निवेदक रहेकाे र दल दर्ता एवं खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया पनि थानकारी नभएकाे व्यक्तिले त्यस्ताे हर्कत गर्नु हास्यास्पद रहेकाे बताए ।
‘केही अवसरवादी, स्वार्थी, लालती, अनैतिक तत्वले यस प्रकारकाे दुष्प्रचार गरी पार्टीलाई बद्नाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेकाे देखिन्छ’- उनले भने । संविधान, कानून, विधि, विधान विपरित दुष्प्रचार गरिएकाे भन्दै माओवादीले आपत्तिसमेत जनाएकाे छ ।
माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ।
‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकोले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रह समेत गर्दछौं ।’











एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया