सकियो प्रचण्ड-नेपालको कोटेश्वर वार्ता
एमालेभित्रको विवाद मिलाउन भईरहेको प्रयासका विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र एमालेका वरिष्ठ नेता माधव नेपालबीचको भेट वार्ता सकिएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका थिए ।
दुई नेताका बीचमा डेढ घण्टा लामो संवाद भएको थियो । संवाद सकेर प्रचण्ड अहिले निवास फर्किसकेका छन् ।
यसअगाडि चार दिनपहिले मात्रै गत सोमबार प्रचण्ड पार्टी नेता महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केपछि सीधै नेपाल निवास पुगेर नेपालसँग भेट वार्ता गरेका थिए ।
आजको भेट वार्तामा एमालेभित्रको विवाद समाधानमा भइरहेको प्रयास के हो ? भन्ने विषयमा जानकारी लिन प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।
यद्यपि, छलफलका विषयमा दुवै पक्षले केही बताएका छैनन् । योबीचमा नेपाल र ओलीका बीचमा होटल मेरियटमा एक चरण संवाद भइसकेको छ । त्यो संवादमा पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयमा शक्ति बाँडफाँडको विषयमा नेपालले ओलीसँग कुरा उठाएका थिए । तर अन्य सबै विषयमा छलफल गर्न सकिने ओलीले बताए पनि शक्ति बाँडफाँडको विषयमा भने छलफल नहुने बताएपछि नेपाल ओलीसँगको संवाद त्यक्तिकै टुंग्गाएर निस्केका थिए ।
त्यसपछि पनि कार्यदल तहमा भने दैनिक वार्ता भइरहेको छ । कार्यदलले ५ बुँदामा रहेको एजेण्डा बनाएर छलफल गरे पनि नेपालले उठाउँदै आएको शक्ति बाँडफाँडको विषयमा कुरा कुनै उप्काइएको छैन । पार्टीलाई जेठ २ अगाडि सम्पूर्ण रुपमा लैजाने, एमालेका ३८ जना र माओवादी छोडेर एमाले आएका २३ जनालाई विधान संशोधन गरेर केन्द्रीय समितिमा लैजाने, मोर्चादेखि पार्टीभित्रका समानान्तर कमिटीको समायोजनाका लागि कार्यदलमा आवश्यक परे थप नेतालाई पनि सहभागी गराउने, सर्वाेच्च अदालतको निर्णय जे आए पनि त्यसलाई मानेर जाने र त्यसपछि भने पार्टीको संस्थागत निर्णयलाई दुवै पक्षले मानेर जाने लगायतका विषयमा कार्यदल तहमा सहमति जस्तै छ ।
दुवै पक्षले माधव नेपालले उठाएको शक्ति बाँडफाँडको विषयमा भने कुनै छलफल गरेका छैनन् । कार्यदलले अहिले सहमति जुटाएर ओली र नेपाललाई विफ्रिङ गर्ने र त्यसपछि मात्र सहमतिको बँदा सार्वजनिक गर्ने बताएका थिए । त्यसपछि सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज पनि कार्यदलको बैठक बस्ने गरी टुंग्गो लागेको थियो । तर कार्यदलको छलफलबाट अहिले भीम रावल बाहिरसकेका छन् । रावल सिंहदरबारबाट बाहिरिएका हुन् ।
नेपालसँगको भेटमा प्रचण्डले एमाले एकता हुन लागेको हो भने तपाईहरुको भूमिका के हुन्छ ? भनी नेपालसँग जिज्ञासा राखेको स्रोतको भनाइँ छ । तर नेपालले आफूभित्र आफ्नै समहुका नेताको दबाब बढेकाले छलफल भए पनि पावर सेयरिङका विषयमा टुंग्गो नलाग्दासम्म नमिल्ने तर ओली त्यसमा छलफल नै गर्न नचाहने अवस्थामा रहेको विषय जानकारी गराएको स्रोतको भनाइँ छ ।
प्रधानमन्त्री ओली भने बाढीका कारण ढुवानमा परेका सिन्धुपाल्चाकका हेलम्बु तथा मेलम्ची बजारकाे अनुगमन गर्न पुगेका छन् ।









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया