बिहीबार, चैत १२, २०८२

जसपाद्वारा बिपी प्रतिष्ठानका समस्या समाधान गर्न सरकारसँग माग

मेरोन्यूज २०७८ असार २६ गते १४:५२

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्याप्रति सरकार र व्यवस्थापन पक्षले देखाएको बेवास्ताले ध्यानाकर्षण भएको बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज प्रेस विज्ञप्ति जारी गर्दै जसपाले प्रतिष्ठान छिमेकी राष्ट्र भारतको सद्भाव र सहयोगको प्रतिक तथा गुणस्तरिय स्वास्थ्य सेवा र शिक्षाका लागि देशकै प्रतिष्ठित संस्थामा विगतदेखि नै समस्या देखिएको तर समाधान गर्न कुनै चासो नदिनुले देशको अन्तराष्ट्रिय प्रतिष्ठामा गम्भीर हानी पुग्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको गलत स्वास्थ्य शिक्षा नीति, स्वास्थ्य शिक्षा जस्तो संवेदनशिल क्षत्रमा अबन्छित राजनीतिकरण तथा दलियकरण गर्ने अभिष्टा तथा व्यवस्थापकीय असक्षमताको कारण देशकै एक अब्बल स्वास्थ्य प्रतिष्ठान चरम आर्थिक संकट, अपारदर्शिता, अविश्वास, व्यथितिले धरासयी हुने स्थितिमा पुग्दा पनि कानमा तेल हालेर बस्ने केपी शर्मा ओली सरकारको रवैया किमार्थ स्वभनीय र जिम्मेवार मान्न सकिदैन ।’

जसपाले प्रतिष्ठानमा उत्पन्न अल्पकालिन र दिर्घकालिन समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठान नेतृत्वप्रति उठेको प्रश्नको उचित सम्बोधन गर्दै प्रतिष्ठानमा स्वास्थ्य सेवा मैत्री, मर्यादित वातवरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया