हास्य कलाकार सरापेका यस्ता छन् रूची

काठमाडौँ । हास्य कलाकार सरापे दर्शकमाझ चर्चित छन् । सिन्धुली जिल्लाको कमलामाई ४ कुँडुलेका उनको खास नाम यादव देवकोटा हो ।
यतिखेर हास्य टेलिसिरियल भद्रगोलमा सरापेले मधेसी मूलका व्यक्तिको अभिनय गरिरहेका छन् । विगत दुई वर्षदेखि ‘म्याक्स मनी ट्रान्सफर’को ब्राण्ड एम्बेड्सर उनले रिसानी माफ होस्, तिते करेली, शंख एण्ड चक्र, तितो सत्य, गाई कि त्रिशुल, मेरी बास्सैजस्ता सिरियलमा अभिनय गरिसकेका छन् ।
सरापेले झण्डै एक हजारभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका छन् । सरापेले आफूलाई मन पर्ने सपिङ, घुमफिर, खानपिन, ग्याजेट्सका बारेमा यादव देवकोटासँग नरेन्द्र रौलेले गरेको कुराकानी :
सपिङ
सरापेलाई क्याजुअल पहिरन लगाउन मन पर्छ । त्यसमध्ये जिन्स पाइन्ट र टिसर्ट उनलाई सजिलो लाग्छ । विशेष अवसरमा सोहीअनुसारको पहिरन लगाउछन्, उनी । घुम्न निस्किँदा बजारमा राम्रो कपडा देखे किन्छन्, उनी । अहिलेसम्म सय जोर कोट फेरिसके । ‘सुट् के हो ? कसरी लगाउने भन्नेबारे मित्र राज कार्कीले सिकाए,’ उनले सुनाए ।
बालकोट, भक्तपुरका राज कार्की उनका १५ वर्षदेखिका साथी हुन् । कार्कीसँग उनले सिरियलमा अभिनय गरेका छन् । स्कुल सञ्चालन गरिरहेका राजले टेलरिङ व्यवसायमा हात हाल्दा उनलाई अचम्म लाग्यो ।
पछि कार्कीको विचार सुनेपछि उनी प्रभावित बने । झण्डै डेढ दशक त्यो सम्बन्धपछि गएर व्यवसायिक साझेदारीमा परिणत भयो । नरदेवीमा राज कार्कीले सञ्चालन गरेको श्रीराज कलेक्सनमा सरापे व्यवसायिक साझेदारीका रुपमा जोडिएका छन् ।
खानपिन
सरापेलाई नेपाली खाना सबैभन्दा बढी मन पर्छ । यसबाहेक नेवारी खानाका परिकार उसको रूचीको खाना हो । अण्डा बारा, आलु तामा उनका प्रिय परिकार हुन् । नयाँ नयाँ रेस्टुराँ पुगेर फरक–फरक स्वादका खाना खानु उसलाई आदत परेको छ ।
घुमफिर
कलाकारिता यात्रामा लागेर सरापेले दर्जनभन्दा बढी देशमा पुग्ने अवसर पाएका छन् । खाडी मुलुक सबैजसो घुमिसके । त्यसबाहेक जापान, अस्ट्रेलिया, हङकङमा पुगिसके । घुमेकामध्ये हङकङ र दुबई उनलाई मन पर्ने देश हो ।
‘कसरी त्यत्रो विकास भयो ? मेरो दिमागले सोचेरै भ्याएन,’ दुबई पुगेको स्मरण गर्दै उनले भने, ‘ढुंगामा मासु पकाएको देख्दा अच्चममा परेँ ।’
मलेसिया घुम्दा खुब इन्ज्वाय गरेको उनले सम्झिए । कार्यक्रमका सिलसिलामा विदेश जाँदा नेपालीहरूले अत्यन्तै माया, सम्मान र प्रेम दर्शाउने गरेको उनी सम्झिन्छन् । घर, देश छाडेको पीडा हुन्छ । विदेश पुगेपछि जातभात, भूगोल, धर्म भन्ने हुँदैन । सबैले एउटै आमाका सन्तान जस्तै व्यवहार गरेको उनले सम्झिए ।
सरापेले स्टेज कार्यक्रमका सिलसिलामा नेपालमा ७० वटा जिल्ला घुमिसकेका छन् । सुदूर पश्चिमका बाजुरा, बझाङ, कञ्चनपुर, अछामदेखि पूर्वमा इलाम, झापा, भोजपुर जस्ता जिल्लाहरू घुम्दा फरक अनुभव बटुले । सुदूर पश्चिममा आफ्नै भाषा, साहित्य, कला, संगीतलाई गरेको त्यो प्रेमले उनी प्रभावित बने । नेपालमा मात्र हैन रोजगारीका लागि भारत पसेका बासिन्दाहरूले त्यहाँ पनि आफ्नै गीत, संगीतलाई अगाध माया गरेको देखे ।
यो सबै देख्दा उनलाई सुदूर पश्चिमका गीतहरूमा अभिनय गरौं भन्ने लाग्यो । स्थानीय कलाकार लाब बहादुर खड्का, चक्र बम, रेखा जोशीले उनलाई अभिनयका लागि अफर गरिसकेका छन् । उनी बिना पारिश्रमिक अभिनय गर्न तयार भएका छन् ।
गीत संगीत
सरापेले अहिलेसम्म ४ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । झमक बहादुर, तमासा, जंगली लभ, प्रोड्युसरमा अभिनय गरिसकका छन्, उनले । तुलसी घिमिरेको दक्षिणा, युवराज लामाको देउता उनलाई मन पर्ने चलचित्र हुन् । यस्तै बलिदान पनि उनलाई मन परेको चलचित्र हो । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठले उनको जीवनमा ठूलो प्रभाव पारेका छन् । मह जोडी, मिथिला शर्मा, गौरी मल्ल उनलाई मन पर्ने कलाकार हुन् ।
गायनतर्फ राज सिग्देल, राजेशपायल राई उनका प्रिय गायकहरू हुन् । पुरानामध्ये भक्तराज आचार्य, नारायण गोपाल उनलाई मन पर्छ । दोहोरीमा विष्णु माझी, राजु परियारका गीत उनलाई खुब सुन्छन् ।
ग्याजेट्स
सरापेले जीवनमा एकपटक मात्र मोबाइल किने । १० हजार रुपैयाँ पर्ने मोटोरोलाको सेट् । त्यसपछि कहिल्यै मोबाइल किन्न परेन । अहिले उनी सामसुङको एसएच ८ मोबाइल बोक्छन् । उनलाई माया गर्ने फ्यानहरुले मोबाइल उपहार दिने गर्छन् । अहिले अमेरिकामा उनका लागि आइफोन १२ प्रो म्याक्स एक जना फ्यानले किनिसकेका छन् ।
अमेरिकामा बस्ने लोकेन्द्र भट्टराईले सरापेका लागि आइफोन किनिसकेका हुन् । ‘उहाँ अत्यन्त घनिष्ठ मित्र हो, नेपाली कलाकारितालाई माया गर्ने, गीत, संगीत भनेपछि हुरुक्कै हुने व्यक्ति हो,’ उनले भने, ‘धेरै कलाकारहरूलाई उहाँले सहयोग गर्नु भएको छ ।’

















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
क्रिकेटर करण केसीले गरे बिहे
मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया