अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो ।
सो घटनामा अरु आठ जना घाइते भएका थिए । शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ ।
लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन् । लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुनभने सकेको छैन । रासस
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया