कोरोना संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउँने वाग्मती प्रदेशमा, अन्य प्रदेशमा कति ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ३६२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४ हजार ९ संक्रमितको मृत्यु भएको छ । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४०४ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी, प्रदेश १ मा १ हजार २५४ जनाको मृत्यु भएको छ भने प्रदेश २ मा ७३३ संक्रमितले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा ९६० कोरोना संक्रमितको ज्यान गएको छ भने लुम्बिनी प्रदेशमा कोरोनाका कारण १ हजार ५६१ को मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा ४४१ कोरोना संक्रमितले ज्यान गुमाएको तथ्यांक छ ।
हाल नेपालमा १५५ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार अहिले ५४३ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३३, प्रदेश २ मा १, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९७ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ११, लुम्बिनीमा ८, कर्णालीमा २ र सुदूरपश्चिममा ३ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३२५ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १०२, प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ५३, लुम्बिनीमा ४३, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।
हाल संस्थागत आसोलेसनमा २ हजार ९५० संक्रमित छन् ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
प्रतिक्रिया