प्रधानमन्त्री ओलीले भने – खोपको अभावबाट अब तड्पिनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र सकेसम्म खोप दिईसक्ने बताएका छन् । आइतबार वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको उद्घाटन गदै प्रधानमन्त्रीले ओलीले हामीले २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने तयारी रहेको बताएका हुन् ।
“हामीले २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने तयारी गरेका छौँ,” ओलीले भने, “केही बाँकी रह्यो भने पनि केही समय लाग्ला तर अब खोपको अभावबाट तड्पिन पर्दैन । केही समय कस्तो भयो भने यता खोज्यो नपाइने, उता खोज्यो नपाइने अवस्था थियो । अब नपाइने भन्ने हुँदैन । अब लगातार भ्याक्सिन आउँछ ।”
उनका अनुसार हामीले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न भने छोड्नु हुदैन् । उक्त नव निर्मित सर्जिकल ब्लकको अहिले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा रुपान्तरित यो अस्पतालको भवनमा एक आइसीयू सहित कुल ५ सय बेड सञ्चालनमा आउने बताइएको छ ।















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया