कतार सरकारले गर्यो यात्रुका लागि मापदण्डमा संसोधन

काठमाडौँ । कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि प्रचलित मापदण्डमा संसोधन गरेको छ । नेपाली राजदूतावास कतारका अनुसार नेपालबाट कतार प्रवेश गर्नेका लागि कतारले मापदण्ड संसोधित गरेको हो ।
दूतावासका अनुसार यात्रुले ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ भएको पिसीआर रिपोर्ट लिएर जानु पर्ने छ । यस्तै, यात्रा गर्नुभन्दा १२ घण्टा अगाडि आवश्यक कागजात पेश गर्नुपर्ने, दुवै मात्र खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने, कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले क्वारेन्टिनमा बस्नु पर्ने छ ।
दुतावासका अनुसार पूरा मात्रा खोप नलगाएका वा खोप नलगाएका यात्रुले होटल बुकिङ् गरी होटलमा क्वारेन्टिन बस्नु पर्ने र खोपको मात्रा पूरा लगाएकालाई परिवारिक भ्रमण, व्यवसाय तथा पर्यटन भिसा दिने भएको छ ।
दुतावासले थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ ।

















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया