कतार सरकारले गर्यो यात्रुका लागि मापदण्डमा संसोधन

काठमाडौँ । कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि प्रचलित मापदण्डमा संसोधन गरेको छ । नेपाली राजदूतावास कतारका अनुसार नेपालबाट कतार प्रवेश गर्नेका लागि कतारले मापदण्ड संसोधित गरेको हो ।
दूतावासका अनुसार यात्रुले ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ भएको पिसीआर रिपोर्ट लिएर जानु पर्ने छ । यस्तै, यात्रा गर्नुभन्दा १२ घण्टा अगाडि आवश्यक कागजात पेश गर्नुपर्ने, दुवै मात्र खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने, कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले क्वारेन्टिनमा बस्नु पर्ने छ ।
दुतावासका अनुसार पूरा मात्रा खोप नलगाएका वा खोप नलगाएका यात्रुले होटल बुकिङ् गरी होटलमा क्वारेन्टिन बस्नु पर्ने र खोपको मात्रा पूरा लगाएकालाई परिवारिक भ्रमण, व्यवसाय तथा पर्यटन भिसा दिने भएको छ ।
दुतावासले थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ ।
















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया