वीरेन्द्र अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

काठमाडौँ । नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
काठमाण्डौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका क्भचय ल्भनबतष्खभ बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो । सेवा शुभारम्भपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसंग सहकार्य गरेको बताए ।
मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम अन्र्तगत ३२ वटै वडाहरूमा प्रारम्भीक परीक्षणको सेवा सुरु भईसकेको बताए । महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच ५ बर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो ।
सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताए । यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज – ५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि विरामीले महानगरपालिकाको सिफारिस आवश्यक पर्छ ।
अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया