६ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, अझै सहमति हुन सकेन

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी रहेको छ । आजको बैठकले पार्टी विवाद समाधानको काम सक्ने नेताहरूले बताएका छन् ।
शनिबार बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक जारी रहेकाे बताएका हुन् । तर, पार्टी विवादको काम अहिलेसम्म सकिएको छैन । आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा ९ बजेदेखि सुरु भएको थियो ।
वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरू विवाद समाधानका लागि तयार गरेको मस्यौदा लगेर नेपाल निवास कोटेश्वर गएका थिए । तर, नेपालले मस्यौदामा अदालतलाई प्रभाव पार्ने शब्द राखेको बन्दै फिर्ता गरिदिएका थिए ।
नेपाल पक्षका कार्यदल सदस्य सिंहदरबार फर्केपछि बैठक सुरु भएको थियो । कार्यदलले आज पार्टीको सबै विवाद समाधान हुने बताइएको छ ।









अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
UML central committee to have 301 members
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया