अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित

अल्जेरिया । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ । उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उनको सचिवालयले जानकारी दिएको छ । घरभित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनलाई संक्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।
उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ । बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि भएको छ । अहिले दैनिक झण्डै दुई सय जनाको दरले संक्रमितहरुको सख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस
प्रतिक्रिया