उच्च अदालतका कर्मचारी मृतावस्थामा फेला
मेरोन्यूज
२०७८ असार २८ गते ११:४०
काठमाडौँ । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।
पराजुली आज सोमबार बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।
पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया