सर्वोच्चको फैसलालाई ध्यान दिँदै सुरक्षा व्यवस्थामा कडाई
मेरोन्यूज
२०७८ असार २८ गते १२:३८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको फैसला हुने सम्भावना भएसँगै सुरक्षा तैनाथ बढाइएको छ । आज फैसला सुनाउने सम्भावना भएपछि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

सर्वोच्च अदालत आसपास क्षेत्रमा हतियारसहित प्रहरीको टोली खटाइएको छ । सर्वोच्चबाट रिटको पक्ष वा विपक्षमा जे फैसला आए पनि प्रदर्शन हुने भन्दै प्रहरीले सुरक्षा तैनाथ बढाएको महानगरिय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।
‘खासै सर्वोच्चको फैसलालाई ध्यान दिएर सुरक्षा तैनाथ गरिएको होइन्, योभन्दा पहिला पनि सुरक्षा तैनाथ कडा नै हुन्थ्यो,’ उनले भने, ‘केही भइहाले नियन्त्रण गर्न सहज बनाउन अलि बढी सुरक्षाकर्मी तैनाथ गरिएको हो ।’

यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिनमा समेत सुरक्षा तैनाथ उच्च बनाइएको थियो ।

सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया