ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रातिसम्म इरानले हर्मुज जलमार्ग नखोले इरानका उर्जा पूर्वाधार र पुलहरु ध्वस्त पार्ने भनी दिएको समयसीमा सकिँन लाग्दा इरानी जनता सरकारको पक्षमा उभिएका छन् ।
अलजजिराका अनुसार उनिहरु अहिले इरानका विद्युत् केन्द्रमा राष्ट्रिय झण्डासहित जम्मा हुन थालेका छन् । उसले लेखेको छ , इरानमा केही विद्युत् केन्द्र वरिपरि मानव सांलोहरू बन्न थालेको छ। यसले अमेरिकी आक्रमण र राष्ट्रपति ट्रम्पका धम्कीहरूको बीचमा इरानीभित्र अडिगता र प्रतिरोध देखाएको छ।
विशेषत इरानका दक्षिणमा रहेका उर्जा केन्द्रहरुमा उनिहरुले मानव सांलो बनाउँदै जम्मा भइरहेका छन् । उनीहरुले इजरायल र अमेरिका विरुद्ध नारा लगाउँदै आक्रमणमा आफुहरु मर्न तयार रहेको तर उर्जा केन्द्रहरुमै बस्ने बताइरहेका छन् ।
ट्रम्पले केही समयअघी मात्रै चेतावनी दिँदै मंगलबार राति आक्रमण गरेर “इरानी पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका छन्। तर इरानीहरु उल्टो आक्रमण हुने भनिएका उर्जा पुर्वाधार र पुलहरुमा जम्मा हुन थालेका छन् ।

इरानी अधिकारीहरूले अहिलेको लागि संवाद स्थगित गर्ने निर्णय गरेका छन्। हालको अवस्थामा, इरानी पक्षले प्रस्ताव गर्न तयार भएका कुरा र अमेरिकी मागबीचको अन्तर पूर्ति असम्भव देखिएको छ।
इरानले आफ्ना विद्युत् केन्द्रमाथि भएको कुनै पनि आक्रमणको जवाफ जस्तालाई त्यस्तै शैलीमा दिने बताएको छ । समानुपातिक रूपमा दिने तयारीमा छन्।


















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया