माधव नेपालको निवासमा गठबन्धन पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार २८ गते १६:२४

काठमाडौँ । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएसँगै नेकपा एमालेका नेता माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।
सर्वोच्चको फैसलासँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरू छलफलमा जुटेका हुन् ।
अदालतले दोस्रोपटक संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।
सोमबार बसेको संवैधानिक इजलासले जारी गरेको आदेशअनुसार देउवा प्रधानमन्त्री बन्ने भएका हुन् । जेठ ७ गते मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया