आर्थिक वर्ष सकिन लाग्दा विकास खर्च ५५.८३ प्रतिशत मात्र

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ सकिनै लाग्दा राजस्व संकलनमा सरकारलाई चाप परेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले अर्थतन्त्र प्रभावित हुँदा राजस्व संकलनमा चाप परेको महालेखाले जनाएको छ ।
बजेट सार्वजनिक गर्दा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले उक्त लक्ष्यलाई संशोधन गर्दै ९ खर्ब ५९ अर्ब रुपैयाँमा झारेको छ । तर आर्थिक वर्ष सकिन ३ दिन मात्र बाँकी हुँदा सोमबारसम्म कुल लक्ष्यको ८८ दशमलब ५७ प्रतिशत अर्थात ८ खर्ब ८१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।
आर्थिक वर्षको अन्तसम्ममा संशोधित लक्ष्य अनुसार नै राजस्व संकलन हुने महालेखाको विश्वास छ । निषेधाज्ञाले उद्योग व्यवसाय, पर्यटन लगायतका क्षेत्र नराम्ररी प्रभावित भएको छ । यस्तै आर्थिक वर्षको सुरुवातदेखि नै आयात पनि प्रभावित भएको छ ।
त्यसले राजस्व संकलनमा असर परेको महालेखाले जनाएको छ । योसँगै कोरोना प्रभावित उद्योग व्यवसायका लागि सरकारले आयकरमा ९० प्रतिशतसम्म छुट दिएकाले त्यसको असर पनि राजस्वमा पर्ने महालेखाको अनुमान छ ।
सरकारले चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा वर्षको सुरुदेखि नै तदारुकताका साथ बजेट कार्यान्वयनमा जान सकिन्छ भन्ने अनुमान रहेको थियो ।
तर दोस्रो चरणको संक्रमणले त्यसलाई प्रभावित बनायो । संक्रमण नियन्त्रणका लागि लामो समयसम्म निषेधाज्ञा लगाउँदा समग्र अर्थतन्त्र प्रभावित भएको र त्यसको सोझो असर राजस्व संकलनमा परेकाले अब भने निषेधाज्ञालाई मात्र संक्रमण नियन्त्रणको माध्यम बनाउन नहुने निजी क्षेत्रले जनाएको छ ।
विकास बजेट खर्च पनि उत्साहजन छैन्
यस्तै, यो वर्ष विकास बजेट खर्च पनि उत्साहजनक छैन् । चालू खर्च लक्ष्य नजिक रहेपनि विकास बजेट खर्च भने लक्ष्य भन्दा निकै कम छ ।
सोमबारसम्म विकास बजेट खर्च ५५ दशमलब ८३ प्रतिशत अर्थात १ खर्ब ९३ अर्ब रुपैयाँ मात्र भएको छ । कुल ३ खर्ब ५२ अर्ब रहेपनि संशोधित लक्ष्य २ खर्ब ८३ अर्ब रुपैयाँ हो ।
समयमा बजेट खर्च नहुने अवस्थालाई अन्त्य गर्न भन्दै आर्थिक वर्ष सुरु हुनु डेढ महिना अगावै बजेट ल्याउन थालिएपनि खर्च प्रणालीमा खासै सुधार भएको छैन् ।
त्यसले पनि आर्थिक वर्षको अन्तिम महिनासम्म आइपुग्दा आधा पनि बजेट खर्च गर्न नसक्ने र अन्ति समयमा आएर खर्च गर्ने प्रवृत्तीय आजपनि कायमै रहेको महालेखाले अनुमान गरेको छ ।
यो पनि पढ्नुहोस्
आर्थिक वर्ष सकिन ११ दिन बाँकी, बजेट कार्यान्वयनमा मनोमानी

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
प्रतिक्रिया