एमाले स्थायी कमिटीकाे बैठकमा उपाध्यक्ष रावल पनि सहभागी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा नेपाल पक्षका नेता डा.भीम रावल सहभागी भएका छन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ । रावल पार्टी एकता कायम गर्न गठित माधव नेपाल पक्षका कार्यदल संयोजक हुन् ।
कार्यदलले आइतबार पार्टीको एकता कायम राख्न १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई अनुमोदन गर्न आजको लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर, सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्थापना गरेपछि एमालेमा तरंग पैदा भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले अदालको फैसलाको विरोध जनाएको छ भने नेपाल पक्षले स्वागत गरेको छ ।
स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको समिक्षा गर्न बताइएको छ । यसअघि अनौपचारिक छलफलमा पनि सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे समिक्ष गरिएको बताइएको छ । बैठकमा मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकका बारेमा पनि छलफल हुने जनाइएको छ ।
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया