आज देउवा प्रधानमन्त्री बन्दै, तत्काल सानो आकारको मन्त्रीमण्डल गठन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार देउवालाई आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको उक्त परमादेशअनुसार देउवा आज प्रधानमन्त्री हुने भएका हुन् । यससँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले तत्काल सानो आकारको मन्त्रीमण्डल गठन गर्ने छन् । आज गठन हुने मन्त्रीमण्डलमा कांग्रेस र माओवादीका तर्फबाट केही नेता मन्त्री बन्ने बुझिएको छ ।
सर्वोच्च अदालतको फैसलापछि सोमबार कोटेश्वर एमाले नेता माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा देउवाले विपक्षी गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्ष तथा जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
तर, नेता नेपालले विपक्षी गठबन्धनबाट बाहिरिएर एमालेको आन्तरिक एकीकरणामा केन्द्रित हुने बैठकमा बताएका थिए । आन्तरिक विवादकै कारण जसपा पनि साउन ७ अघि सरकारमा सहभागी हुन नसक्ने जानकारी देउवालाई गराएको थियो ।
गत जेष्ठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिईन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसदसहित राष्ट्रिय जनमोर्चाका १ सय ४६ सांसदले सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षरसहित परमादेशको माग गरेका थिए । सोही अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।
संविधानको धारा ७६ को उपाधारा ५ अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको दाबी राष्ट्रपतिले खारेज गरिदिएपछि उनीहरूले अदालतमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए । विपक्षी गठबन्धनको सोमबार बसेको बैठकले सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्च स्थापित गरेको भन्दै अदालतलाई धन्यवाद ज्ञापन गरेको थियो ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया