१० बुँदे सहमति बुझाउन एमाले वार्ता टोली नेपाल निवासमा
मेरोन्यूज
२०७८ असार २९ गते १०:१०

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।
कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।
यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।
आजै दिउँसो १ बजे एमाले स्थायी कमिटी बैठक बालुवाटारमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् ।
सम्बन्धित









पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया