१० बुँदे सहमति बुझाउन एमाले वार्ता टोली नेपाल निवासमा
मेरोन्यूज
२०७८ असार २९ गते १०:१०

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।
कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।
यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।
आजै दिउँसो १ बजे एमाले स्थायी कमिटी बैठक बालुवाटारमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया