विश्वकप विजेता क्रिकेटर यशपालको मृत्यु

काठमाडौं । भारतीय पूर्वब्याट्सम्यान यशपाल शर्माको ६६ वर्षको उमेरमा मृत्यु भएको छ । भारतलाई पहिलो विश्वकप जिताउँदाका सदस्य तथा मध्यक्रमका ब्याट्सम्यान यशपालको मंगलबार हृदयाघातको कारण मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ ।
सन् १९८३ मा भारतले वेस्ट इन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै पहिलो पटक विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सेमीफाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै फाइनलमा पुर्याउन उनले ६१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनले ७९ कुल अन्तर्राष्ट्रिय खेलमा २ हजार ४ सय ८९ रन बनाएका छन् ।
यशपालको जन्म १९५४ मा पन्जाबको लुधियानामा भएको थियो । उनले भारतबाट ३७ टेस्ट र ४२ ओडिआई खेल खेलेका थिए । टेस्टमा उनले सन् १९७९ अगष्टमा इङ्ल्यान्डविरुद्ध लर्ड्समा डेब्यू गरेका थिए । ओडिआईमा उनले १९७८ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए ।
उनले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका थिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया