ओलीको स्वागत गर्न बालुवाटारमा कार्यकर्ता भेला
मेरोन्यूज
२०७८ असार ३० गते ११:४५

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार सरकारी निवास बालुटार छाड्ने भएका छन् । यस क्रममा उनको स्वागतका लागि एमाले कार्यकर्ताहरू बालुवाटारमा भेला हुन थालेका छन् ।
सयौँ गाडी र हजारौँ मोटरसाइकल र्यालीमार्फत स्कर्टिङ गरी बालुवाटारदेखि निजी निवास बालकोटसम्म पुर्याउन कार्यकर्ताहरू भेला भएका हुन् ।
हिजो मंगलबार एमाले नेता महेश बस्नेतले ओलीको स्वागत गर्न बालुवाटारमा भेला हुन कार्यकर्तालाई आह्वान गरेका थिए ।
गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका हुन् ।
सम्बन्धित








दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया