माधव नेपालसँग बामदेव गौतम र नारायणकाजीले गरे भेट वार्ता
मेरोन्यूज
२०७८ असार ३० गते १२:१०

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालसँग भेट गर्न उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् ।
बुधबार बिहान गौतम र श्रेष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । श्रेष्ठ कोटेश्वर पुगेको केही समयपछि गौतम पुगेका थिए । नेपालसँग दुवै जनाले छुट्टाछुट्टै भेट गरेका हुन् ।
नेपालले गौतमसँग समसामयिक राजनीतिकका बारेमा र पार्टीभित्रका विवाद समाधान गर्ने सम्बन्ध कुराकानी गरेका थिए ।
यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए सहयोग गर्ने बताउँदै आएका थिए । पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भई पार्टी एकतामा जोड दिने बताएका थिए ।
सम्बन्धित
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया