युरो विजेतासँग कोपा विजेता भिड्दै
म्यारोडोनाको सम्झनामा युरोकप विजेता र कोपा अमेरिका विजेता मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेलमा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने भएको छ । अर्जेन्टिनाका लेजेण्ड खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा दुई विजेता देशबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।
यस खेलका लागि युरोपियन फुटबल महासंघ र दक्षिण अमेरिकी फुटबल महासंघबीच औपचारिक जानकारी केही दिनमा गरिने अर्जेन्टिनी मिडियामा जनाइएको छ । सो खेलको मिति र खेल स्थानसमेत सोही समयमा सार्वजनिक गरिने छ ।
इटालीले इंग्ल्याण्डलाई उसकै मैदानमा हराउँदै युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले पराजीत गरेको हो ।
यस्तै, कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले पराजीत गरेको थियो । उसले ब्राजिलको मैदानमा घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो। अर्जेन्टिनाले ब्राजिललाई १९० ले हराएको थियो । एजेन्सी

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया