जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

अमरगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।
ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बीच– बीचमा ठूला–ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र ऐरीले बताए । राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्रगतिमा काम नभएको बताए । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उनले जानकारी दिए । पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्र उप्किएर राजमार्गका बीच–बीचमा खाल्डाखुल्डी परेका छन् ।
साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हँदै बीच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।
अत्यधिक वर्षाले सडककोे ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ । रासस










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया