मंगलबार, वैशाख ८, २०८३

‘अन्डर लाइट्स’ टी-२०आई सिरिज :आज नेपालले यूएईसँग दोस्रो खेल खेल्दै

मेरोन्यूज २०८३ वैशाख ८ गते ९:३५

काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो ।

नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी-२०आई डेब्यू गरे । आजको खेलमा सन्तोष यादवले पनि डेब्यू पाउने सम्भावना छ ।

प्रतिक्रिया