टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरिन् । सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । सिंह दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् ।
अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी हुँदैछन् । सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् । रासस








कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया