मानवाधिकार उल्लङ्घनका घटना घटे

चितवन । सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन् । यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् ।
आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज यहाँ अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको हो । इन्सेक चिवतनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यही समयमा महिला कलात्कारका घटना नौ, बालिका बलात्कारका घटना १६, महिला बलात्कार प्रयासका घटना छ बालिका बलात्कारको प्रयासका घटना चार भएका थिए ।
यस्तै महिला हत्या चार, पुरुष हत्या पाँच, बाल यौन दुव्र्यवहार चार, बहुविवाह चार भएका छन् । आत्महत्या दुरुत्साहन दुई, मानव वेचबिखनका दुई, बम बिस्फोटका एउटा, हातहतियार एउटा र राज्यविरुद्ध अपराधका घटना दुई छन् । अधिकारीका अनुसार जिल्लामा मानवाधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन । रासस
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया