बुटवल हिँडेकी युवतीको पटक–पटक बलात्कार, पर्साबाट उद्धार

काठमाडौं । असार २७ गते १९ वर्षीय कल्पना (नाम परिवर्तन) बुटवल जान भन्दै २ वर्षीय छोरासहित कलंकी पुगिन् । कलंकीमा पुगेपछि उनले ना. ५ ख २८७० नम्बरको ट्रकमा बुटवल जान भनेर चडिन् ।
तर, बुटवल जान भनेर हिँडेकी कल्पनालाई ट्रक चालक सुनिल महत्तोले चितवनको रामनगर पुर्याएर बलात्कार गरे । बलात्कारको सिकार भएकी उनलाई उक्त ट्रकका चालकले बुटवल पठाइदिन्छु भन्दै असार २९ गते दिउँसो ना. ५ ख ३३६९ नम्बरको ट्रकमा चडाइदिए ।
ना.५ ख ३३६९ नम्बरको ट्रकले उनलाई बुटवल पुर्याएन । तर, उनलाई पर्साको विरगञ्ज पुर्याए । बुटवल पुर्याइदिने भन्दै झुक्काएर पर्साको वीरगञ्ज पुर्याइएकी उनलाई सोही ट्रकका चालक शिववालक महत्तोले पटक–पटक बलात्कार गरे ।
बलात्कारको सिकार बनेकी कल्पनालाई ती ट्रकका चालकले वीरगञ्ज महानगरपालिका १७ स्थित ड्राइपोर्टमा छाडेर निस्किए । अलपत्र अवस्थामा रहेकी उनलाई प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्धार गर्यो ।
उद्धारलगत्तै थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालकलगायत व्यक्तिहरूले बलात्कार गरेको खुलेपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका २१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तोलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेकाहरूले कल्पनालाई पटक—पटक बलात्कार गरेको प्रहरी अनुसन्धानले खुलाएको हो ।
घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया