स्वास्थ्य मन्त्रालयको दावी : १८ वर्षमाथिका नागरिकलाई निशुल्क खोप लगाउने योजना तयार
नेपाललाई सर्बाधिक बढी खोप अनुदान दिने मुलुक चीन

काठमाडौं । सरकारले १८ वर्ष माथीका सवै नागरिकलाई कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको खोप निशुल्क लगाउने गरी योजना तयार भईसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई तीव्रता दिँदै त्यस्तो योजनाको आधार तयार पारिसकेको जनाएको हो ।
त्यसका लागि आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् ।
अहिले ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ । यसै आधारमा १८ वर्ष माथीका लाई खोप लगाउने गरी आधार तयार पारिएको मन्त्रालयले जनाएको हो ।
प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट गरी चिनियाँ राजदुतले थप १६ लाख खोप अनुदानमा दिने वताएकी थिइन् । यो सँगै नेपाललाई सर्बाधिक बढी खोप अनुदान दिने मुलुक चिन बनेको छ । अतिरिक्त १६ लाख दिने चिनियाँ राजदुतको घोषणा पछी नेपालले ३४ लाख डोज खोप अनुदानमा पाएको छ ।

















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया