ओली- नेपाल मिलाउन अझै कसरत
सिंहदरवारमा एमाले दोस्रो तहका नेताहरु फेरि छलफलमा

काठमाडौं । एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल वीच जति विवाद वढदै गएको छ, त्यसलाई साघुरो बनाउने प्रयासमा दोस्रो तहका नेताहरु उत्तिकै मात्रामा जुटेका छन् । पार्टी आन्तरिक विवाद मिलाउन दुवै पक्षले कार्यदल नै बनाएर १० वुँदे प्रस्ताव तयार पारेर अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल लाई बुझाएपनि दुवै नेताले मिलापको विन्दु फेला पारेका छैनन ।
हिजो मात्रै वसेको एमाले स्थायी कमिटि बैठकले कार्यदलको प्रतिवेदनलाई स्वामित्व ग्रहण गदै कार्यदल विघटन गरिसकेको छ । तर पनि विघटित कार्यदलका नेताहरु सहित थप केही नेता पनि थपिएर अहिले सिंहदरवारमा एमालेको दोस्रो पुस्ताका नेताहरु पार्टी मिलाउन भन्दै पूनः छलफलमा बसेका छन् ।
ओलीले देउवा सरकारलाइृ विश्वासको मत नदिने र पार्टी प्रतिपक्षमा वसेर अदालतको निर्णयको सस्थागत रुपमै देशब्यापी भण्डाफोर गर्ने निर्णय लिईसकेका छन् । तर नेपाल पक्षले भने संसद पूर्ण कार्यकाल चल्नका लागि देउवालाई विश्वासको मत दिने सम्मको तयारी र प्रतिवद्धता समेत देउवालाई दिईसकेका छन् । यसै कारण ओली र नेपालको मिलाप झन कठोर र टाढा हुदै जान थालेको छ ।
ओली नेपाल विनाको एकता चाहिरहेका छन् । यसले पनि पार्टी एकतामा उल्झन ल्याईरहेको छ ।
जसकाकारण पार्टीअ झै मिलाउन सकिने ठाँउमै रहेको भन्दै विघटित कार्यदलका सदस्यहरु सहित योगेश भटटराई पृथ्वीसुब्बा गुरुङ लगायतका नेता थपिएर आजको छलफल चलिरहेको छ ।
उनीहरुले दुवै नेतालाइ एकताका लागि दवाव वढाउने रणनीतिमा छलफल चलाईरहेको बताइएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया