देउवालाई विश्वासको मत दिने माओवादी निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने औपचारिक निर्णय गरेको छ । सिंहदरवारस्थित दलको कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।
‘हामीले काग्रेस सहित हामी पनि सहभागी सरकारको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेका छौं,’ बैठकपछि माओवादी केन्द्रका संसदीय दलका सचेतक देव गुरुङले भने ।
प्रधानमन्त्री देउवाले आज देखि शुरु हुन लागेको संसदको अधिवेशनको दोस्रो शत्रमा विश्वासको मत लिने तयारी गरेका छन् । देउवा सर्वाेच्च अदालतले प्रतिनिधीसभा पूर्नस्थापनासागै संविधानको धारा ७६(५) अनुसार परमादेशका आधारमा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । संविधान अनुसार उनले प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
तर देउवाले आफु सहित ५ सदस्य मात्र मन्त्रिमण्डल विस्तार गरेर पहिले विश्वासको मत परिक्षणका लागि संसदमा जान लागेका हुन् ।
माओवादीले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । माओवादीको संसदमा ४८ सांसद छन् । सभामुख वाहेकका ति सांसदहरुले अव देउवाको पक्षमा मतदान गर्नेछन् । माओवादीले जे निर्णय गर्छ, त्यसैको पक्षमा उभिने संसदलमा एक जना सांसद छक्कवहादुर लामा पनि छन् । यो सहित ४९ मत देउवाको पक्षमा पर्नेछ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया