देउवालाई विश्वासको मत दिने माओवादी निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने औपचारिक निर्णय गरेको छ । सिंहदरवारस्थित दलको कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।
‘हामीले काग्रेस सहित हामी पनि सहभागी सरकारको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेका छौं,’ बैठकपछि माओवादी केन्द्रका संसदीय दलका सचेतक देव गुरुङले भने ।
प्रधानमन्त्री देउवाले आज देखि शुरु हुन लागेको संसदको अधिवेशनको दोस्रो शत्रमा विश्वासको मत लिने तयारी गरेका छन् । देउवा सर्वाेच्च अदालतले प्रतिनिधीसभा पूर्नस्थापनासागै संविधानको धारा ७६(५) अनुसार परमादेशका आधारमा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । संविधान अनुसार उनले प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
तर देउवाले आफु सहित ५ सदस्य मात्र मन्त्रिमण्डल विस्तार गरेर पहिले विश्वासको मत परिक्षणका लागि संसदमा जान लागेका हुन् ।
माओवादीले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । माओवादीको संसदमा ४८ सांसद छन् । सभामुख वाहेकका ति सांसदहरुले अव देउवाको पक्षमा मतदान गर्नेछन् । माओवादीले जे निर्णय गर्छ, त्यसैको पक्षमा उभिने संसदलमा एक जना सांसद छक्कवहादुर लामा पनि छन् । यो सहित ४९ मत देउवाको पक्षमा पर्नेछ ।









एनपीएलःसोमबार दुई खेल हुने
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया