आइतबार, माघ ११, २०८२

सरकार कसरी चल्छ हामी देखाउछौँ -डा मीनेन्द्र रिजाल

मेरोन्यूज २०७८ साउन ३ गते १९:१६

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौती दिएका छन् । संसद्मा आइतबार आफ्ना धारणा राख्दै सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए ।


“सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस् । प्रतिपक्ष हेरौँला, सरकार कसरी चल्छ हामी देखाउछौँ,” डा. रिजालको भनाइ थियो, “बीपीको पार्टीका मान्छे हौँ हामी । नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ । हिजो जनता संक्रमणमा हुँदा के के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौँ ।”

प्रतिक्रिया