अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै

अमेरिकी रक्षा मन्त्रालय (पेण्टागन) मध्यपूर्वमा थप १० हजार भूमि सैनिक परिचालन गर्ने योजना बनाइरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक विकल्पहरू बाहेक अतिरिक्त सैनिक विकल्प उपलब्ध गराउने उद्देश्यले उठाइएको हो ।
थप फौजमा पैदल सैनिकका साथै बख्तरबन्द वाहनहरू पनि समावेश हुने सम्भावना छ । यो नयाँ फौजले पहिले नै उक्त क्षेत्रमा तैनाथ पाँच हजार म्यारिन र ८२ औँ एयरबोर्न डिभिजनका हजारौं पैराट्रुपरसँग मिलेर काम गर्नेछ ।
मध्यपूर्वमा यी फौज कहाँ पठाइने भन्ने विषय अझै स्पष्ट छैन, तर उनीहरू इरान र खार्ग द्वीप नजिकको क्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको छ । खार्ग द्वीप इरानको तेल निर्यातको महत्वपूर्ण केन्द्र मानिन्छ ।
व्हाइट हाउसकी उप–प्रेस सचिव एना केलीले स्पष्ट पार्दै भने, “सैनिक परिचालनसम्बन्धी सबै घोषणा अमेरिकी रक्षा मन्त्रालयबाटै गरिनेछ । राष्ट्रपति ट्रम्पसँग सधैं सबै सैनिक विकल्पहरू उपलब्ध छन् ।”
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार उहाँ इरानी ऊर्जा संयन्त्रमाथि योजना बनाइएका हमलाहरू १० दिनका लागि स्थगित गर्ने बताउनुभयो । उहाँले अमेरिका र इरानबीचको वार्ता ‘अत्यन्तै सकारात्मक रूपमा अघि बढिरहेको’ बताएका छन् ।
इरानले सार्वजनिक रूपमा व्हाइट हाउसको १५ बुँदे शान्ति योजना अस्वीकार गरेको छ । तर गोप्य वार्ता अनुसार, पाकिस्तानमा केही अमेरिकी वार्ताकारहरूसँग भेंट गर्ने तयारी भइरहेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो हमला गरेका थिए, जसले विश्वव्यापी ढुवानीमा अवरोध पु¥यायो, तेलको मूल्य बढायो र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पारेको थियो ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया