शुक्रबार, चैत १३, २०८२

प्रतिनिधि सभामाथि खड्क प्रहार भएकै हो : बाबुराम भट्टराई

मेरोन्यूज २०७८ साउन ३ गते २०:१८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी अध्यक्ष डा. बाबुराम भट्टराईले पटकपटक खड्क प्रहारपछि घाइते भएको प्रतिनिधिसभा पुनर्स्थापना हुनु राम्रो भएको बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक भस्मासुरको अन्त्यसमेत भएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘बुझेर बुझ पचाउँदा संविधानको हत्या हुन लागेको थियो, प्रयास भएकै हो, उनले भने, ‘उनीहरूको नियत नै संविधानसहित गणतन्त्रको हत्या गरी देशलाई अध्याँरो सुरुङमा लैजानु थियो, अहिले कू तर्क नगरौँ ।’

डा. भट्टराईले देश प्रतिगमनतर्फ गएको स्वीकारेर आगामी दिनमा सुधार गरी अगाडि बढन् आग्रह गरे । उनले अहिलेको संविधान अपुरो अधुरो भए पनि सबैभन्दा उच्च स्तरको संविधान भएको बताउँदै हत्या हुन लागेको बताए ।

उनले गत पुस ५ गतेदेखि ६ महिनाको अवधिमा सरकारको कुनै काम सही नभएको बताए । उनले सनकको भरमा प्रतिनिधिसभा भंग गरी अध्यादेशमार्फत संवैधानिक अंगमा आफ्नो मान्छे भर्ने काम भएको बताए ।

उनले यस अवधिमा अनेक परिघटना घटेको ठूलो घटना भएको बताए । ‘प्रतिनिधिसभा जनताको मुख्य थलो हो, जुन हामीले सबैभन्दा तल बनाएर राख्यौँ,’ उनले भने, ‘हामीले प्रतिनिधिसभाको शक्ति चिन्न सकेनौँ, यसलाई पटकपटक हत्या हुने प्रयास भयो, कसैको सनकमा प्रतिनिधिसभा हत्या भएको हो, हामीले ब्यूँताउन सफल भयौँ ।’

उनले देशमा भएको पछिल्लो परिघटनापछि बन्न लागेको नयाँ सरकारलाई विश्वासको मत दिएर प्रतिनिधिसभा र संविधानको रक्षा गर्न आह्वान गरे ।

प्रतिक्रिया