माधव नेपाल पक्षका यी सांसदले देउवालाई मत नदिने
मेरोन्यूज
२०७८ साउन ३ गते २०:४१
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका केही सांसदले विश्वासको मत नदिने भएका छन् । उनीहरूले विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय गरेका हुन् ।
एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायत केही नेताहरू तटस्थ बस्ने भएका हुन् ।
उनीहरू पार्टी एकता जोगाउन भन्दै तटस्थ बस्ने भएका हुन् । यसअघि नेता नेपाल पक्षकै सांसद भीम रावलले पदबाट राजीनामा दिएका थिए । देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेसँगै नेता भुसालले त्यसो नगर्ने बताएपछि रावलले पदबाट राजीनामा दिएका हुन् ।
रावलको राजीनामासँगै नेपाल पक्षका नेताहरूले मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा केही सांसदहरू तटस्थ बन्ने निर्णय गरेको हो ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया