राष्ट्रपतिलाई राति सुत्नसमेत नदिने : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई राति सुत्न नदिएको बताएका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै राष्ट्रपतिलाई राति सुत्नसमेत नदिएको बताएका हुन् । उनले भने, ‘राति संसद विघटन गर्नु पर्ने ? राष्ट्रपतिलाई पनि गाह्रो पार्ने ? सुत्न नदिने ? भोलिपल्ट संसद विघटन गरेको भए पनि हुन्थ्यो नि ।’
यस्तै, उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएकोमा दुःख लागेको बताए । उनले प्रतिनिधिसभा बैठकमा पक्ष वा विपक्षी दलको नेता सहभागी हुनु पर्नेसमेत बताए ।
‘केपी ओली जी बैठकमा आउनु भएन, किन हो अस्वास्थ्य भएर हो कि,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ पनि बैठकमा सहभागी हुनु भएको भए खुसी हुन्थ्येँ, राम्रो हुन्थ्यो ।’
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया