आइतबार, माघ ११, २०८२

राष्ट्रपतिलाई राति सुत्नसमेत नदिने : प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ साउन ३ गते २१:११

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई राति सुत्न नदिएको बताएका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै राष्ट्रपतिलाई राति सुत्नसमेत नदिएको बताएका हुन् । उनले भने, ‘राति संसद विघटन गर्नु पर्ने ? राष्ट्रपतिलाई पनि गाह्रो पार्ने ? सुत्न नदिने ? भोलिपल्ट संसद विघटन गरेको भए पनि हुन्थ्यो नि ।’

यस्तै, उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएकोमा दुःख लागेको बताए । उनले प्रतिनिधिसभा बैठकमा पक्ष वा विपक्षी दलको नेता सहभागी हुनु पर्नेसमेत बताए ।

‘केपी ओली जी बैठकमा आउनु भएन, किन हो अस्वास्थ्य भएर हो कि,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ पनि बैठकमा सहभागी हुनु भएको भए खुसी हुन्थ्येँ, राम्रो हुन्थ्यो ।’

प्रतिक्रिया