एमालेका यी सांसदलाई २४ घण्टे ‘अल्टिमेटम’ (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठकले नेता माधव कुमार नेपाल पक्षसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले आइतबार लिएको विश्वासको मतमा मतदान गर्ने सांसदहरूलाई एमालेले स्पष्टीकरण दिन अल्टिमेटम दिएको हो ।
प्रधानमन्त्री देउवाको पक्षमा नेता नेपाल पक्षसहित पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेको प्रेम बहादुर आलेसहित सांसदहरूले मतदान गरेका थिए । यसैबीच नेपाल पक्षका केही सांसद मतदान स्थलमा अनुपस्थित भएका थिए ।
उनीहरूले पार्टीको अनुशासन उल्लंघनको गरेको भन्दै बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिएका सांसदहरू…
माधव कुमार नेपाल, विरोध खतिवडा, मेटमणि चौधरी, गोपाल बम, भवानी खापुङ, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रमे आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुनेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, निरा जैरु, पार्वती विसंखे, हिराचन्द केसी र कृष्णलाल महर्जन













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया