नयाँ आर्थिक वर्षको दोश्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक (नेप्से परिसुचक) नयाँ आर्थिक वर्षको दोस्रो दिन पनि दोहोरो अंकले उकालो लागको छ ।
नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन हिजो आइतबार नेप्से परिसुचक ९७ दशमलब २१ अंकले उकालो लागेर २ हजार ९ सय ८० दशमलब ६१ बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सोमबार शेयर कारोबार मापक नेप्से १३ दशमलब ९७ अंकले बढेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ४६ प्रतिशतले बढेर २ हजार ९ सय ९४ दशमलब ४२ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार माइक्रोफाइनान्स, फाइनान्स, हाइड्रो, विकास बैंक र होटेल एण्ड टुरिजम समुह बाहेकका समुहगत सूचक बढेका छन् । फाइनान्स समुह सबै भन्दा धेरै १ दशमलब १७ प्रतिशतले घटेको छ भने लगानी समुह १ दशमलब ४७ प्रतिशतले बढेको छ ।
स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलब २ प्रतिशतले बढेको छ । गुर्खाज फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३ दशमलब ६ प्रतिशतले घटेको छ ।
कूल २ सय १९ कम्पनीका १ लाख ७ हजार ७ सय ९७ कारोबारबाट ११ अर्ब ८१ करोड ३७ लाख ३४ हजार ६ सय ७ रुपैयाँ बराबरका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया