बिहीबार, मंसिर ११, २०८२

नयाँ आर्थिक वर्षको दोश्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

मेरोन्यूज २०७८ साउन ४ गते १६:४५

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक (नेप्से परिसुचक) नयाँ आर्थिक वर्षको दोस्रो दिन पनि दोहोरो अंकले उकालो लागको छ ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन हिजो आइतबार नेप्से परिसुचक ९७ दशमलब २१ अंकले उकालो लागेर २ हजार ९ सय ८० दशमलब ६१ बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सोमबार शेयर कारोबार मापक नेप्से १३ दशमलब ९७ अंकले बढेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ४६ प्रतिशतले बढेर २ हजार ९ सय ९४ दशमलब ४२ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार माइक्रोफाइनान्स, फाइनान्स, हाइड्रो, विकास बैंक र होटेल एण्ड टुरिजम समुह बाहेकका समुहगत सूचक बढेका छन् । फाइनान्स समुह सबै भन्दा धेरै १ दशमलब १७ प्रतिशतले घटेको छ भने लगानी समुह १ दशमलब ४७ प्रतिशतले बढेको छ ।

स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलब २ प्रतिशतले बढेको छ । गुर्खाज फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३ दशमलब ६ प्रतिशतले घटेको छ ।

कूल २ सय १९ कम्पनीका १ लाख ७ हजार ७ सय ९७ कारोबारबाट ११ अर्ब ८१ करोड ३७ लाख ३४ हजार ६ सय ७ रुपैयाँ बराबरका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया