मंगलबार, चैत २४, २०८२

तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

मेरोन्यूज २०७८ साउन ५ गते ९:३१

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए ।

सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण हुने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया