भिसाका कारण सन्दीपले ‘द हन्ड्रेड’ खेल्न नपाउने, झण्डै एक करोड गुम्न सक्ने
मेरोन्यूज
२०७८ साउन ५ गते ११:५२

काठमाडौँ । नेपाली क्रिकेटरका लेगस्पिनर सन्दीप लामिछानेले भोलि बिहीबारदेखि इंग्ल्याण्डमा सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । उनले सुरुवाती खेल गुमाउने भएका हुन् ।
क्रिकेटर लामिछाने द हन्ड्रेड प्रतियोगितामा ओभल इन्भिन्सिबलमा आबद्ध छन् । उक्त क्लबले उनलाई ६० हजार पाउण्ड अर्थात झण्डै एक करोड रुपैयाँमा आबद्ध भएका थिए।
बिहीबार हुने उद्घाटन खेलमा लामिछाने आबद्ध भएका ओभलले म्यानचेस्टर ओरिजिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
करिब दुई साताअघि इंग्ल्याण्ड पुगेका लामिछाने ब्रिटिश सरकारले तोकेको होटलमा आजदेखि १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गर्दै छन् । तर टिएर–५ भिसामा इंग्ल्याण्ड पुगेकाले उनलाई खेल्न अनुमति नभएको समाचारमा जनाइएको छ ।
‘द हन्ड्रेड’मा दुवै टिमले १००–१०० बल खेल्ने छन् । खेलमा पहिलो २५ बलमा पावर प्ले हुनेछ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया