भिसाका कारण सन्दीपले ‘द हन्ड्रेड’ खेल्न नपाउने, झण्डै एक करोड गुम्न सक्ने
मेरोन्यूज
२०७८ साउन ५ गते ११:५२

काठमाडौँ । नेपाली क्रिकेटरका लेगस्पिनर सन्दीप लामिछानेले भोलि बिहीबारदेखि इंग्ल्याण्डमा सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । उनले सुरुवाती खेल गुमाउने भएका हुन् ।
क्रिकेटर लामिछाने द हन्ड्रेड प्रतियोगितामा ओभल इन्भिन्सिबलमा आबद्ध छन् । उक्त क्लबले उनलाई ६० हजार पाउण्ड अर्थात झण्डै एक करोड रुपैयाँमा आबद्ध भएका थिए।
बिहीबार हुने उद्घाटन खेलमा लामिछाने आबद्ध भएका ओभलले म्यानचेस्टर ओरिजिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
करिब दुई साताअघि इंग्ल्याण्ड पुगेका लामिछाने ब्रिटिश सरकारले तोकेको होटलमा आजदेखि १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गर्दै छन् । तर टिएर–५ भिसामा इंग्ल्याण्ड पुगेकाले उनलाई खेल्न अनुमति नभएको समाचारमा जनाइएको छ ।
‘द हन्ड्रेड’मा दुवै टिमले १००–१०० बल खेल्ने छन् । खेलमा पहिलो २५ बलमा पावर प्ले हुनेछ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया