पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता
मेरोन्यूज
२०७८ साउन ५ गते १२:५९
काठमाडौँ । पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सरुमारानी गाउँपालिका ४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयबासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । सोही क्रममा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले जानकारी दिए ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया