कांग्रेस महाधिवेशन : ‘डिजिटल भोटिङ’को प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले ‘डिजिटल भोटिङ’को अवधारणालाई अन्तिम रूप दिएको छ । विभागका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुवै प्रक्रियाबाट बैठक बसेको थियो ।
कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रूपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको प्रवक्ता शर्माले बताए ।
विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विभागको निर्णयमा छ ।
“कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,” विभागको निर्णयमा भनिएको छ, “केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।”
भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन । साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया