दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

त्रिवेणी (नवलपरासी) : नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए ।
उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।
















आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया