सीताको ब्याटिङ बरियतामा सुधार

काठमाडाैं । नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उनी ९०औँ स्थानमा रहेकी छिन् ।
यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहेकी थिइन् । आइसीसीको बरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् । महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेका छन् ।
नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी पर्न सकेका छैनन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया