जोन्सन एन्ड जोन्सनको खोप, डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्र प्रभावकारी : अध्ययन

काठमाडौै । जोन्सन एन्ड जोन्सन कम्पनीको खोपले भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशत मात्रै प्रभावकारी हुने पाइएको छ । मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।
कोरोनाभाइरसका प्रकारमध्ये सबैभन्दा संक्रामक डेल्टा भेरियन्ट मानिन्छ । नेपालमा पनि कोरोनाभाइरसको दोस्रो लहर आउँदा डेल्टा भेरियन्ट देखिएको थियो। डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता कम देखिए नेपालमा पनि यो खोप लगाएका मानिसहरूले अर्को खोप लगाउनु पर्ने हुन सक्ने देखिन्छ ।
उक्त अध्ययनले प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ। तर अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले थप फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न हुनसक्ने औंल्याएका छन्।
नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा जोन्सन एन्ड जोन्सन खोपको १५ लाख डोज दिएको छ। उक्त खोप साउन ४ देखि ६ गतेसम्म ५० देखि ५४ वर्षका नेपालमा पनि लगाउन सुरू गरिएको छ।
यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो।
अहिलेको अध्ययन रिपोर्टको ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको द न्युयोर्क टाइम्सले जनाएको छ। हालसम्म विश्वमा जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया