चितुवाको छालासहित २ जना पक्राउ

काठमाडौँ । बुधबार बिहान घोराही उपमहानगरपालिका ३ गोग्लीबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको भेरी नगरपालिका ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चौखाबाङका ४५ वर्षीय पूर्ण सिंह सुनारलाई पक्राउ गरेको हो ।
बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो । प्रहरीले उनीहरूमाथि जाँच गर्दा छाला फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको हो । यद्यपि, स्रोतले उनीहरूलाई मंगलबार राति बाँकेको राप्ती सोनारी गाउँपालिकाको रिक्टा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया