१८ वर्षमाथिका सबैलाई दिँदै जोन्सन एण्ड जोन्सन खोप

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको जोन्सन एण्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा सोचेभन्दा कम सर्वसाधरण उपस्थित भएसँगै १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए ।
अहिले खोप लगाउन काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । उनले जोन्सन एण्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुन सक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।
जोन्सन एण्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।
















खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया