माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोध्ने कामले भाँजो हाल्यो

काठमाडौँ । नेकपा एमाले नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने भएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकबाट निस्किँदै स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकतामा जोड दिएको जानकारी दिएका हुन् ।
‘एकता प्रक्रियाअगाडि बढाउनु पर्छ, एकतामा सबैले जोड दिनुपर्छ भन्ने भनाई रह्यो,’ बैठकपछि निस्किँदै पन्तले भने । उनले १० बुँदे प्रस्ताव तयार पारेको अवस्थामा स्पष्टीकरण सोध्ने र नेता नेपालको पुत्ला जलाउने विषय तत्काल रोक्ने छलफल भएको जानकारी दिए ।
बैठकले स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ । अदालतको फैसलासँगै सांसदको विवेक प्रयोग गर्न पाउने भएपछि स्पष्टीकरणको कुनै अर्थ नभएको नेता पन्तले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका थिए । सोही कारणले नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो ।
















नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया