भीम रावल फकाउन निवासमै पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । उनी बैठकमा अनुपस्थित भएसँगै नेता नेपाल रावललाई फकाउन उनको निवास टोखा पुगेका छन् ।
उपाध्यक्ष रावलले सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राख्दै आएका छन् । माधव नेपाल पक्षका मुख्य नेता रावलले नै असहमति जनाएपछि नेता नेपाल आफ्नो निर्णयबाट पछि हटेका छन् ।
काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा भएको आजको बैठक निर्णयक हुने भनिए पनि उपाध्यक्ष रावल अनुपस्थित भएसँगै सामान्य निर्णय गरेर टुंगिएको थियो । बैठकबाट निस्किँदै नेता रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेर एकतामा बाँझो हालेको प्रतिक्रिया दिएका थिए ।
यसअघि नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने भएसँगै रावलले सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया